सवारी दुर्घटनामा युवकको मृत्यु
दोलखा । शनिवार पुष्पलाल राजमार्ग (तामाकोसी– मन्थली सडक) को गोपिखोला नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बागमती प्रदेश ०१००३ क ९३५९ नम्बरको ट्रकको ठक्करबाट बा २९ प ११६२ नम्बरको मोटरसाईकलमा सवार दोलखा तामाकोसी गाउँपालिका–१ भीरकोटका २२ वर्षीय सुशील माझीको घटना स्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनुभयो ।
दुर्घटनामा मोटरसाईकलमा सवार अर्का युवक तामाकोसी– १ भीरकोटकै २२ वर्षीय माइकल माझी घाइते भएको प्रहरीले जनाएको छ । घाइते माझीलाई चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पतालमा प्राथामिक उपचार पछि थप उपचारको लागि काठमाडौँ पठाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।
दुर्घटनापछि झण्डै चार घण्टा अवरुद्ध भएको पुष्पलाल राजमार्ग मृतकको परिवारलाई नियमानुसार क्षतिपूर्ति दिने र घाइतेको उपचार गरिदिने सहमतिपछि सुचारु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्