तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारले तीनजना क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरूप १६ लाख प्रदान गर्ने 

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई प्रोत्साहन स्वरूप १६ लाख प्रदान गर्ने घोषणा गरेको छ । 

मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली राष्ट्रिय टोलीका सदस्य रहेका सुदूरपश्चिमका तीन जना खेलाडीलाई सम्मान स्वरूप १६ लाख प्रदान गर्ने प्रदेश सरकारले निर्णय गरेको बताउनु भयो । उहाँले क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई ६ लाख तथा सन्दिप जोरा र विनोद भण्डारीलाई जनही पाँच/पाँच लाख प्रदान गरिने बताउनुभयो । 

ऐरीले एशियाली खेलकुदमा विश्व रेकर्ड बनाएका थिए भने जोरा र भण्डारीले नेपाललाई टि-२० विश्वकप पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए । कञ्चनपुर घर भएका तिनै जना खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहेका छन् । प्रदेश सरकारको यो निर्णयको सर्वत्र प्रशंसा गरिएको छ । 

क्यानका केन्द्रिय सदस्य धिरेन्द्र साउदले प्रदेश सरकारले नेपाली राष्ट्रिय टोलीका तीन जना खेलाडीलाई सम्मान स्वरूप १६ लाख दिने घोषणा स्वागतयोग्य रहेको बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button