‘स्वास्थ्य संस्थाको सुधारमा सरकार क्रियाशील’
जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले मधेशको स्वास्थ्य संस्थाहरूको सुधारका लागि प्रदेश सरकारले निरन्तर रुपमा काम गरिरहेको बताउनुभएको छ ।

स्वास्थ्यमन्त्री सिंहले मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले जनकपुरधाममा आयोजना गरेको तीन दिने वार्षिक समीक्षाको आज समापन कार्यक्रममा सम्बोधन गर्दै माघपछि मधेश प्रदेशमा स्वास्थ्यको जनशक्ति अभावको अन्त्य हुने बताउनुभयो ।
उहाँले मधेश प्रदेश सरकारले प्रदेशको ८ वटै जिल्लामा रहेको प्रादेशिक अस्पतालहरूको ४० वर्ष अगाडीको १५ शय्या बढाएर १ सय शय्याको अस्पताल बनाएकाले सोही अनुसारको स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि विज्ञानको शुरुआत गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्