बागबजार सडक बिस्तारको काम तिहारपछि

डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा अवस्थित बागबजार सडकको बिस्तारका क्रममा बाँकी काम तिहार पछि हुने अमरगढी नगरपालिका वडा नं ५ का अध्यक्ष टंकबहादुर क्षेत्रीले बताउनुभयो ।
सोमबार देखि अमरगढी नगरपालिकाले डोजर लगाई सडक संरचनामा पर्ने जमिनको मुआब्जा पाएका घरधनीहरूको घर तथा संरचना भत्काउन सुरु गरेको थियो । अव तिहार पनि आयो कर्मचारी पनि बिदामा जान्छन् र व्यापारीहरू पनि ब्यापार व्यवसाय गर्छन् त्यसैले तिहार लगत्तै बाँकी रहेका घर संरचनाहरू भत्काइने वडा अध्यक्ष क्षेत्रीले भन्नुभयो ।
हालसम्म भीमदत्त पन्तको शालिक लाइनमा परेका घरहरू हटाइसकेको छ । देवीथान लाइनमा रहेका घर र बसपार्कमा रहेका छाप्राहरू उपयुक्त समयमा नहटाए नगरपालिकाले डोजर लगाइ हटाउने गरी काम भइरहेको नगरपालिकाले जनाएको छ ।
बागबजार देखि रानीधारा सम्मको घर तथा जमिनको मुआब्जा घर तथा जग्गाधनीले पाइसकेका छन् ।
महाकाली राजमार्गका नाममा लालपुर्जा समेत आइसकेको छ । वडा कार्यालय तथा नगरपालिकाले पटक पटक सूचना प्रकाशन गर्दा समेत घर तथा संरचना न भत्काएपछि अमरगढी नगरपालिका र सडक डिभिजनले डोजर लगाई सडक क्षेत्रको १५ मिटर दायाँ र १५ मिटर बाँयामा पर्ने घर तथा संरचनाहरू भत्काउन लागेको छ ।
बागबजार क्षेत्रमा सडकको १५ मिटर भित्रै पर्ने सहिद भीमदत्त पन्तको सालिक र देवीथान भएको क्षेत्र अहिले नै व्यवस्थित गर्न सकिएको छैन । सहिद पन्तको सालिक सार्ने र देवीथान बाहिर सडक लैजाने गरि काम गर्ने योजना नगरपालिकाको छ ।








प्रतिक्रिया राख्नुहोस्