‘एनएनआईपीए स्पोर्ट्स अवार्ड’ फागुन पहिलो साता
काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को ‘एनएनआईपीए स्पोर्ट्स अवार्ड’ फागुन पहिलो साता आयोजना हुने भएको छ ।
एनएनआईपीएले आइतबार पत्रकार सम्मेलन गर्दै यस वर्षको अवार्ड फागुन ६ गते प्रदान गरिने जानकारी गराएको छ ।
अवार्ड कार्यक्रममा २८ खेलका उत्कृष्ट खेलाडी ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ बाट सम्मानित हुने संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी गराए ।
एनएनआईपीएले गत वर्ष इन्डोनेसियामा आयोजना भएको १८ औं एसियन गेम्समा सहभागिता जनाएको खेल र प्रदर्शनको आधारमा २८ खेलका एक एक उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्