तपाईँ सुन्दै हुनुहुन्छः

भेरीमा उपचाररत भूकम्पका तीन जना घाइते काठमाडौँ रिफर

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जले भूकम्पका तीन जना घाइतेलाई काठमाडौँ रिफर गरेको छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जाजरकोट, पश्चिम रुकुम र सल्यानका एक/एक जना घाइतेलाई रिफर गरिएको हो ।

जाजरकोटका जुना विष्ट, पश्चिम रुकुमका धनसिंह रावल र सल्यानका मोहन विष्टलाई रिफर गरिएको छ । सबै घाइते १८ गते भेरीमा ल्याइएका थिए । तीनै जना बिरामीमा किड्नीको समस्या देखिएको छ । उनीहरुलाई काठमाडौँ टिचिङ अस्पतालमा पठाइएको अस्पतालले जनाएको छ ।

भेरीमा ५३ जना घाइते आएका थिए । त्यसमा तीन जना डिस्चार्ज भएका छन् । एक जनाको मृत्यु भएको थियो । १० जना बिरामीको अप्रेसन गरिएको छ । सबैजसो खतरामुक्त रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button