भारतले हस्तान्तरण गरेको राहत सामाग्री गयराति नै प्रभावित जिल्लामा पठाइयो
बाँके । भारतले हस्तान्तरण गरेको राहत सामाग्री भूकम्प प्रभावित जिल्लामा सोमबार राती नै पठाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका संयोजक श्रवणकुमार पोखरेलले सोमबार राती नै २ वटा ट्रकमा राहत सामाग्री पठाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार राती ९ बजेतिर दुवै ट्रकलाई सम्बन्धित जिल्लामा पठाइएको हो । नेपालगन्जबाट सोमबार राती दोस्रो खेपको राहत पठाइएको हो । भारतीय वायुसेनाको जहाजले सोमबार बेलुका दोस्रो खेपको राहत नेपालगन्ज विमानस्थलमा ल्याएको थियो ।
भारतले पहिलो खेपको राहत आइतबार अपराह्न हस्तान्तरण गरेकोमा उक्त राहतलाई पनि जिल्ला विपद व्यवस्थापन समिति बाँकेको पहलमा आइतबार बिहान जाजरकोट र रुकुम(पश्चिम) पठाइएको थियो । उक्त राहत सम्बन्धित जिल्लामा पुगिसकेको प्रजिअ पोखरेलले बताउनुभयो।
भूकम्प पश्चात् घाइतेको उपचार व्यवस्थापनमा सक्रिय भएको जिल्ला बिपद व्यवस्थापन समिति बाँके रातिनै राहत सामाग्री व्यवस्थापनमा लागेको हो।
प्रतिक्रिया राख्नुहोस्