बाँकेमा जुवा खेलिरहेको अवस्थामा ९ जुवाडे पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरबाट ९ जना जुवाडे पक्राउ परेका छन् । गोप्य सूचना पाएपछि गएराती वडा प्रहरी कार्यालय बाँकेबाट गएको टोलीले ९ जना जुवाडे पक्राउ गरेको जनाइएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसिको नेतृत्वमा गएको टोलीले निर्मल थापाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उनीहरूको साथबाट ६४ हजार नगद बरामद गरेको प्रहरीले जनाइएको छ ।
पक्राउ पर्नेमा नेपालगन्ज–१० का निर्मल थापा, गणेश मल्ल र जेबि सोनी, आकाश ठकुरी, नेपालगन्ज–४ का जिवानन्द अधिकारी र वादल योगी, नेपालगन्ज–१८ का विशाल जोशी, नेपालगन्ज–१ का सागर गिरी र लम्की चुहा नगरपालिका–१ कैलालीका सागर रावत रहेको प्रहरीले जनाएको छ । उनीहरू विरुद्ध जुवा ऐन अन्तरगत मुद्दा दर्ता गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्