तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक विद्यालयलाई सक्षम बनाउनुपर्छ : कार्यवाहक मुख्यमन्त्री मास्की

दाङ। लुम्बिनी प्रदेशका कार्यवाहक मुख्यमन्त्री धनबहादुर मास्कीले सामुदायिक विद्यालयलाई सक्षम बनाउनुपर्ने बताउनुभएको छ ।

आइतबार घोराही उपमहानगरपालिका–१० दाङ स्थित सिद्ध रत्ननाथ माध्यमिक विद्यालयको अवलोकनपछि भएको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो “सामुदायिक विद्यालयहरूलाई सक्षम बनाउनुपर्छ, किनकि गरिब जनताका छोराछोरीले सामुदायिक विद्यालयमा पढ्छन्”,उनले भने “त्यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक सबै दत्तचित्त भएर लाग्नुपर्छ ।”

सामुदायिक विद्यालयमा पनि अङ्ग्रेजी माध्यमबाट पढाई हुन थालेपछि विद्यार्थीको सङ्ख्या पनि बढिरहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button