पुरुष भलिबलको उपाधि भरतपुर महानगरपालिकालाई
दोलखा । दोलखाको पर्यटकीय नगरी जिरीमा आयोजना भएको जिरी च्याम्पियनसिप–२०८० को खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवनको भरतपुर महानगरपालिकाले हात पारेको छ ।

जिरी नगरपालिकाको सहकार्यमा युवा सञ्जाल जिरीले आयोजना गरेको जिरी च्याम्पियनसिप–२०८० को खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भरतपुर महानगरपालिकाले उपाधि जितेको हो ।
प्रतियोगितामा मकवानपुरको थाहा नगरपालिकाले द्वितीय, रामेछापको गोकुलगंगा गाउँपालिकाले तृतीय र रामेछापकै लिखु तामाकोशी गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरे ।
प्रतियोगितामा प्रथम हुने भरतपुर महानगरपालिकालाई १ लाख ५१ हजार, द्वितीय हुने थाहा नगरपालिकालाई १ लाख १ हजार, तृतीय हुने गोकुलगंगा गाउँपालिकालाई ५१ हजार तथा सान्त्वना हुने लिखु तामाकोशी गाउँपालिकालाई २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक युवा सञ्जाल जिरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्