तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेसद्वारा महामन्त्रीद्वयको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन तथा सहजीकरण समिति गठन

काठमाडौँ । नेपाली काँग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार गएको भूकम्पबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जाने देखि राहत वितरणमा सहजीकरणका लागि महामन्त्रीद्वयको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । 

यस्तै बैठकले भूकम्पबाट भएको क्षतिलाई गम्भीर र दुःखद घटनाका रूपमा लिँदै प्रभावितलाई तत्काल उद्धार, राहत र पुनःस्थापनाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको पनि नेता  विश्वकर्माले जानकारी दिनुभयो ।

यस्तै बैठकले कांग्रेसको महासमिति बैठक दुई साता पर सारेको छ

प्रचार विभाग प्रमुख विश्वकर्माले मङ्सिर १३ गते  देखि १५ गतेसम्म गर्ने भनिएको महासमिति बैठक मङ्सिर २९ गते देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

सभाहलको अभावसँगै जाजरकोट भूकम्पका कारण तिहार अगाडिका सबै सार्वजनिक कार्यक्रम रोकिएपछि महासमिति बैठक पछाडि सार्नु परेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button