तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुर नगरपालिकाले भूकम्प पीडितलाई दुई लाख बराबरको खाद्यान्न र औषधि दिने

बाँके ।बाँकेको कोहलपुर नगरपालिकाले भूकम्प पीडितलाई राहात दिने भएको छ । कोहलपुर नगरपालिकाले दुई लाख बराबरको खाद्यान्न र औषधि प्रभावित क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलकाे अध्यक्षतामा आज जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा कोहलपुर नगरपालिकाकोतर्फबाट तत्काल राहात स्वरूप दुई लाख बराबरको खाद्यान्न र औषधि उपलब्ध गराउने घोषणा नगर प्रमुख आचार्यले गर्नुभएको हो ।

प्राकृतिक प्रकोपबाट जुधिरहेका प्रभावित क्षेत्रका बासिन्दालाई थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले कोहलपुर नगरपालिकाले पनि सहयोग गरेको नगर प्रमुख आचार्यको भनाइ छ ।

‘प्राकृतिक विपद्ले निम्त्याएको प्रकोपबाट भएको धनजनप्रति कोहलपुर नगरपालिका मर्माहत भएको छ नगर प्रमुख आचार्यले भन्नुभयो(‘दुखद यस घडीमा प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सहयोग र सहकार्यका लागि कोहलपुर नगरपालिका सँगै रहेको जानकारी गराउँछु ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button