तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी सरकारले स्वास्थ्यकर्मीसहितको टोली जाजरकोट पठायो


दाङ। जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ । 

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग सहयोगको आवश्यकताको विषयमा छलफल गरेका थिए ।

कर्णालीका मुख्यमन्त्री शर्माले तत्काल स्वास्थ्यकर्मीको आवश्यकता बढी रहेको र सहयोगका लागि आग्रह गरेपछि लुम्बिनीका मुख्यमन्त्री चौधरीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र औषधीसहितको टोली जाजरकोट र रुकुमका लागि पठाएका हुन् ।

त्यस्तै अर्थमन्त्री धनबहादुर मास्कीले भने `अहिले उपचारकालागि स्वास्थ्यकर्मी पठाउँदै छौँ´, `पछि भौतिक पूर्वाधारका लागि पनि सामग्री पठाउने छौँ ।´ 

टोलीमा अधिकांश सरकारी अस्पतालहरूका स्वास्थ्यकर्मी र केही निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button