मामाघर गएका सल्यानका ३ वर्षीय बालकको भूकम्पमा परी मृत्यु
सल्यान ।हिजो राती जाजरकोट केन्द्र भएर गएको भूकम्पमा परी सल्यानका तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ४ गर्चेका ३ वर्षीय वासुदेव बुढाको मृत्यु भएको हो ।
आमासँगै मामाघर रुकुम पश्चिम आठविसकोट नगरपालिका पिपलचौर गएका उनको भूकम्पमा परी मृत्यु भएको जय नेपाल आधारभूत विद्यालयका प्रधानाध्यापक डिल्ली बहादुर रानाले जानकारी दिनु भयो ।
आमा अन्दाजी २२ वर्षीया भद्रकला देवकोटा बुढा भने घाइते भएकी छन् ।








प्रतिक्रिया राख्नुहोस्