तपाईँ सुन्दै हुनुहुन्छः

पूर्ण यान्त्रीकरण गर्दै उत्पादन बढाउने योजनामा सरकार

दाङ । कृषि तथा पशुपक्षी विकास मन्त्री डाक्टर बेदुराम भुषालले कृषिलाई आधुनिकीकरण गर्नु पर्ने बताउनुभयो ।

लमही नगरपालिकाले आयोजना गरेको चिस्यान केन्द्रको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री भुषालले किसानले उत्पादन गरेको कृषिजन्य वस्तु भण्डार गरी माग अनुसार बजारमा वितरणमा सहयोग पुग्ने बताउनुभयो । मन्त्री भुषालले किसानले खेती गर्ने समयमा पर्याप्त मात्रामा रासायनिक मल, सिँचाइ, बजार र उचित मूल्यको व्यवस्थापनमा सरकारले ध्यान दीइरहेको बताउनुभयो ।

मन्त्री डा.बेदुराम भुसालले खेतीप्रणालीलाई पूर्ण यान्त्रीकरण गर्दै उत्पादन बढाउने योजना सरकारले बनाइरहेको बताउनुभयो । बाँझो जमिनमा समेत सिँचाइ सुविधा पुर्‍याई खेती गर्न प्रोत्साहन गर्दै सरकार अघि बढिरहेको बताउँदै धान, मकै, गहुँ, तोरी, तरकारी सबैको उत्पादन बढाउनेगरी काम गरिरहेको मन्त्री भुसालले बताउनुभयो ।

मन्त्री भुषालले ठुलो कोल्ड स्टोर निर्माणको कार्यक्रम असफल भएको भन्दै चिस्यान केन्द्रलाई चेम्बर राखेर सानो आकारमा अघि बढाउन सुझाव दिनुभयो ।मन्त्री भुषालले भन्नु भयो ठुला खालका कोल्ड स्टोर खर्च धान्न नसकेर बन्द भएका छन् त्यसैले सरकारले अब चिस्यान केन्द्र मार्फत किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको राख्ने व्यवस्थापन गर्न लागेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button