तपाईँ सुन्दै हुनुहुन्छः

‘सडक सुरक्षा जीवन रक्षाको लागि’ राष्ट्रिय अभियान सुरु

बारा । नेपालका सडक मृत्यु मार्ग बन्दै गएपछि ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले सडक सुरक्षा जीवन रक्षाको लागि राष्ट्रिय अभियान सुरु गरेको छ ।

अभियान अन्तर्गत बाराको जीतपुरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको यातायात प्रभाग नेपालले ट्राफिक सचेतनामुलक नारा लेखिएका ब्यानर कार्यक्रम स्थलमा टाँसेको थियो ।

कार्यक्रममा अभियानका राष्ट्रिय संयोजक ब्रह्मकुमार गुणराज भाइजीले अभियानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

उहाँले सड्क दुर्घटना हुनुमा सड्क र यान्त्रिक उपकरण लगायत भौतिक कारणका साथै चालकको मानसिक अवस्थाको स्थिति पनि कारण रहेको बताउनुभयो ।

चालकसँग गर्ने राम्रो व्यवहारले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा चालक, प्रहरी, राजनैतिक दलका प्रतिनिधि लगायत सर्वसाधारणको उपस्थित रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button