तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारमा लुम्बिनीका १५२३ उजुरी दर्ता: स्थानीय तहका उजुरी सबैभन्दा बढी

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले गत वर्षमा १०५१ उजुरी फछ्र्यौट गरेको छ । गत आर्थिक वर्षमा १५२३ उजुरी दर्ता भएका थिए । कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन अनुसार ४७२ उजुरी फछ्र्यौट गर्न बाँकी छन् ।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै उजुरी रुपन्देही र सबैभन्दा कम रोल्पाबाट परेको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका अनुसार रुपन्देही जिल्लामा गत आर्थिक वर्षमा ५८१ उजुरी दर्ता भएकोमा ४६१ वटा फछ्र्यौट हुँदा १६० उजुरी किनारा लाग्न बाँकी छन् ।

प्रदेशमा दोस्रो धेरै उजुरी पर्ने जिल्लाको रूपमा बाँके छ । बाँके जिल्लामा ३०९ उजुरी परेका छन् । जसमा २०६ फछ्र्यौट हुँदा १०६ वटा उजुरी टुङ्गिन सकेनन् । कपिलवस्तुमा २९२ वटा उजुरी दर्ता भएकोमा २०३ वटा उजुरी फछ्र्यौट भएका छन् । ८९ वटा उजुरी फछ्र्यौट हुन बाँकी छन् । बर्दियाबाट परेको ११९ उजुरीमध्ये ७१ उजुरी फछ्र्यौट हुँदा ४८ वटा बाँकी छन् ।

नवलपरासी पश्चिममा १४२ वटा उजुरी परेकोमा ८६ वटा मात्रै किनारा लागेका छन् । अझै ५६ वटा उजुरी बाँकी छन् । यस्तै पाल्पा जिल्लाबाट १६२ वटा उजुरी परेकोमा १२५ वटा टुङ्गिएका छन् भने अझै ३७ वटा टुङ्गिन बाँकी छन् । गुल्मीको १२८ वटा उजुरीमध्ये ८१ वटा मात्रै फछ्र्यौट भएका छन् । अझै ४७ वटा उजुरी टुङ्गिन बाँकी छन् । अर्घाखाँचीबाट ७५ उजुरी दर्ता भएकोमा ४९ वटा फर्छ्यौट भएका छन् भने २६ बाँकी छन् । प्युठानका ४४ वटा उजुरी परेकोमा २९ फर्छ्यौट हुँदा १५ बाँकी छन् ।

प्रतिवेदन अनुसार रोल्पाबाट एउटा मात्र उजुरी दर्ता भएकोमा फछ्र्यौट भएको छ । दाङबाट ५ वटा दर्ता भएकोमा ३ वटा फछ्र्यौट भएर २ वटा मात्रै बाँकी छन् । नवलपरासी पूर्वका दर्ता भएका ९३ उजुरी मध्ये ५३ वटा टुङ्गिएको छ भने ४० वटा फछ्र्यौट हुन बाँकी छन् । अख्तियारको बुटवल कार्यालयका अनुसार सबैभन्दा बढी उजुरी स्थानीय तहका छन् । स्थानीय तह ९संघीय मामिला० का ७६३ र स्थानीय तह ९शिक्षा० को २६३ वटा मुद्दा दर्ता भएका थिए ।

अख्तियार बुटवल कार्यालयले लुम्बिनीका ७ जिल्लासहित गण्डकीको एक जिल्ला हेर्दछ भने अन्य ४ जिल्ला अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जले हेर्ने गर्दछ । आयोगको बुटवल कार्यालयको कार्य क्षेत्र अन्तर्गत नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी र प्युठान पर्दछन् भने सम्पर्क कार्यालय नेपालगञ्जको कार्य क्षेत्र अन्तर्गत रोल्पा, दाङ, बाँके र बर्दिया पर्दछन् ।  लुम्बिनीको रुकुम पूर्व सुर्खेत कार्यालयले हेर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button