त्रिदेशीय शृंखला आजदेखि, पहिलो खेलमा यूएईको सामना गर्दै नेपाल
काठमाडौँ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला आज बुधबारदेखि सुरु हुँदैछ । विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् ।
शृंखलाको पहिलो खेलमा घरेलु टोली नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईबीचको खेल दिउँसो १ बजेदेखि मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । यस्तै, २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ ।
नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङ भने कात्तिक ५ र ८ मा खेल्नेछन् । शृंखलाको लिगका शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् । शृंखलाको फाइनल कात्तिक १० गते हुनेछ ।
प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।
नेपालले आईसीसी विश्वकप ट्वान्टी–२० एसिया क्षेत्र छनोटको तयारीस्वरूप यो शृंखला आयोजना गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्