भेरी अस्पताल र फत्तेवाल आँखा अस्पतालको सेवा आज बन्द
बाँके । भेरी अस्पताल नेपालगन्ज र फत्तेवाल आँखा अस्पतालको सेवा आज बन्द भएको छ । आज घटस्थापना भएकाले भेरी अस्पतालको ओपिडी सेवाहरू बन्द भएको अस्पतालले जनाएको छ ।
इमरजेन्सी र इन्डोर लगायतका अन्य सेवाहरू भने यथावत् रहेको पनि अस्पतालले जनाएको छ । यस्तै फत्तेवाल आँखा अस्पताल पनि आज बन्द भएको छ ।
अस्पताल बन्द भएपनि सामान्य ओपिडी र सन्ध्याकालीन संस्थागत प्राइभेट आँखा जाँच सेवा भने जारी रहने प्रबन्ध निर्देशक डा.कौशल कुमा र वर्माले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्