तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना

नवलपरासी ।जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले चाडपर्वलाई लक्षित गर्दै आम यात्रुको सहजताका लागी जिल्लाका बिभिन्न ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

नजिकिदै गरेको नेपालिहरुको महान चाड बडादशै दिपावली ,छठ,ईद जस्ता राष्ट्रिय चाडमा आम सर्वसाधारण यात्रुहरुको चाप बढ्ने हुदा बढि चाप,सम्भावित दुर्घटनाको जोखिम,बढी भाडा असुली,क्षमता भन्दा बढि यात्रु ओसार्ने जस्ता कृयाकलापलाई मध्यनजर गर्दै ५ वटा स्थानमा सहायता कक्ष स्थापना गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्य जानकारी दिनुभयो ।

“चाड्पर्वको समयमा सवारीसाधन र यात्रुको चाप बढ्ने भएकाले आम नागरिकको गुनासो र समस्या बढ्न सक्ने हुदा यात्रु सहायता कक्ष स्थापना गरेका हौ”उपरीक्षक आचार्यले भन्नुभयो ।

यातायात ब्यवसायी,विभिन्न संघसस्थाका प्रतिनिधि,स्थानियहरुको सह्भागितामा शुक्रवार प्रमुख जिल्ला अधिकारी विश्व प्रकास अर्यालले सहायता कक्षको शुभारम्भ गर्नु भएको हो ।कार्यक्रममा बोल्दै प्रमुख जिल्लाअधिकारी अर्यालले अपराध न्यूनीकरण र सबै घटनाहरु नियन्त्रणकालागी प्रहरीको मात्रै नभएर आम नागरिक को समेत महत्वपुर्ण भुमिका रहने बताउदै सबै पक्ष सगको सहकार्य र साझेदारी बाटै शान्ति सुरक्षा कायम राख्न सकिनेमा जोड दिनु भयो ।सहायता कक्षबाट २४ घण्टा नै सेवा प्रदान गरीने प्रहरीले जनाएको छ ।

बर्दघाटको त्रिबेणि चोक, भूमही चोक सुनवल , परासी बाइपास राेड, महेशपुर बसपार्क गरि ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button