तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा गुडिरहेको बसमा ढुङ्गा प्रहार: ९ पक्राउ

सल्यान । सल्यानमा गुडिरहेको बसमा ढुङ्गा हान्ने ९ जनालाई जिल्ला प्रहरीले कार्यालय सल्यानले पक्राउ गरेको छ ।

रुकुमबाट दाङ तर्फ जाँदै गरेको ना ३ ख ९७६४ नम्बरको बसमा बुधबार साझ सल्यानको सिद्ध कुमाख गाउँपालिका १ बेलौतीघारीमा ढुङ्गा प्रहार गरि चालक माथि हातपात गर्ने ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा शारदा नगरपालिका १४ का २३ वर्षीय प्रदीप रावत,सोही ठाउँका २२ वर्षीय सुशील कवर, १८ वर्षीय गणेश कवर, २० वर्षीय सदिन्प भण्डारी, २२ वर्षीय दिपक कवर, दिपक रावत, २१ वर्षीय अजय कवर, २२ वर्षीय प्रविन भण्डारी, शारदा नगरपालिका ७ का २२ वर्षीय दिपक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो ।

उनीहरूले समूहमा आएर चलिरहेको बसमा ढुङ्गा हान्नुका साथै चालक माथि हातपात समेत गरेको उहाँले बताउनु भयो । गाडीको दुवै तर्फको सिसा फुटेको र चालकको मुखमा चोट लागेको प्रहरी प्रमुख कार्कीले बताउनु भयो । पक्राउ परेकाहरू माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button