मोरङका ६ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

विराटनगर । नेपाल प्रहरीले नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली र छठ पर्वको समयमा यात्रा गर्ने यात्रुहरूका लागि यात्रु सहयता कक्ष सञ्चालनमा ल्याएको छ । यात्रुहरूको सहजता र सुरक्षित यात्राका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, मातहतका प्रहरी कार्यालयहरू र यातायात व्यवस्था सम्बन्ध संस्थाहरू समेतको समन्वयमा सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक रन्जन कुमार दाहालले बताउनुभयो ।
विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली समेतमा गरी ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह भई रहेको छ ।
सवारी साधनको सिट अनुसार टिकट बिक्री गर्नुपर्ने, सवारी साधनमा सिटभन्दा बढी यात्रु राख्न नपाउने विषयमा अनुगमन गर्ने यात्रुहरूको सुरक्षाका लागि २४ घन्ट प्रहरी परिचालन हुनेगरि यात्रु सहायता कक्षमा व्यवस्था मिलाइएको प्रहरी प्रवक्ता दाहालले बताउनुभयो ।
यात्रुहरूलाई कुनै समस्या परेमा तत्काल यात्रु सहायता कक्षमा सम्पर्क गर्न समेत प्रहरीले आग्रह गरेको छ । राजमार्गलाई लक्षित गरेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।








प्रतिक्रिया राख्नुहोस्