मानेभञ्ज्याङ गोल्डकपको सेमिफाइनल समीकरण पुरा
इलाम । टेरिटोरियल आर्मी दार्जिलिङको जीतसँगै सातौँ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । आर्मीले सिलोङ लाजोङ एफसी आसाम माथि ४–१ गोल अन्तरको जित निकालेसँगै सेमिफाइनल पुग्ने टिम पक्का भएको हो ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा बिएसके जलपाइगुडी र कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडी भिड्नेछन् । दोस्रो सेमिफाइनलमा चाँद एफसी तीनधारिया र टेरिटोरियल आर्मीको भेट पक्का भएको हो ।
प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा वाङदेन तामाङ चम्किएपछि आर्मीले सेमिफाइनलमा स्थान बनाएको छ । उनले खेलमा ह्याट्रिक गरे । २० औ, ३५ औ र ४८ औ मिनेटमा उनले गोल गरे । त्यसैगरी एन्थोनी क्षेत्रीले ५९ औ मिनेटमा गोल गरे । सिलोङ लाजोङबाट सानोले ५१ औ मिनेटमा सान्त्वना गोल फर्काए ।
खेलको म्यान अफ दि म्याच आर्मीका वाङदेन तामाङ घोषित भए । क्वाटर फाइनल प्रवेशका लागि सिलोङले मानेभञ्ज्याङ फुटबल क्लब र आर्मीले रोलिङ क्लब धुलाबारीलाई हराएको थियो ।
बुधबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्