तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज सामान्य बन्दै, निषेधाज्ञा र कर्फ्यु खुकुलो

बाँके । बाँकेको नेपालगञ्जमा सामाजिक सञ्जालमा लेखिएको विवाद र त्यसबाट उत्पन्न असहज परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार जारी सूचनालाई निरन्तरता दिँदै आज आइतबार पनि नेपालगञ्ज आसपासका क्षेत्रमा बिहान १० बजे देखि राती दश बजे सम्मलाई निषेधाज्ञा जारी गरेको छ भने राती दश बजेदेखि २२ गते बिहान ४ बजे सम्म कर्फ्युलाई निरन्तरता दिएको छ ।

नेपालगञ्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने सङ्केत देखिएपछि गत मङ्गलवारदेखि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाएको कर्फ्यु आदेश क्रमशः खुकुलो पार्दै आएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा आज बिहान जारी विज्ञप्तिमा असोज २१ गते बिहान १० बजेदेखि राती १० बजेसम्म नेपालगञ्ज क्षेत्रमा लगाइएको कफर्यु हटाउने र २१ गते राती १० बजेदेखि २२ गते बिहान ४ बजेसम्म कर्फ्यु रहने उल्लेख छ ।

स्थानीय प्रशासनले जारी कर्फ्यु आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (१) क ३ बमोजिम २०८० असोज १६ गते दिउसो १ बजेदेखि लागू हुने गरि अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरेको थियो । आज शनिवार सम्म आई पुग्दा प्रशासनले कर्फ्युको समयलाई बिस्तारै घटाउँदै लगेको छ भने निषेधाज्ञाको समय बढाउँदै लगेको छ ।

साथै स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रमा भेला, बैठक, सभा, जुलुस, पोस्टर पम्पलेट, जस्ता प्रचार सामाग्री प्रयोग गर्न टाँस्न नपाइने, हुलमा जम्मा हुन वा एक ठाउँमा ५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निशेधज्ञा समेत जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button