तपाईँ सुन्दै हुनुहुन्छः

मच्छिन्द्र क्लबद्वारा पुलिस पराजित

अजय बम । सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लवलाई हराउँदै मच्छिन्द्र क्लवले शिर्ष स्थानको आर्मीसँग अंक बराबरी गरेको छ । बुधबार भएको खेलमा मच्छिन्द्रले पुलिसलाई एक शुन्यले हरायो ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफको सुरुवातमा नै मच्छिन्द्रले अग्रता बनाएको हो । ५८ औं मिनेटमा रञ्जित घिमालले गोल गरे ।

त्यसपछि पुलिस खेलमा फर्कन सकेन र स्टार खेलाडीले भरीएको मच्छिन्द्रले संघर्षपुर्ण जित निकाल्न सफल भयो । उसले आठ खेलमा १६ अंक बनाउँदै शिर्ष स्थान रहेको आर्मीसँग अंक बराबरी गरेको हो ।

तर, एक खेल कम खेलेको र गोल अन्तरमा अगाडी हुँदा आर्मी शिर्ष स्थानमा यथावत रहेको छ । पुलिसको आठ खेलमा ११ अंक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button