तपाईँ सुन्दै हुनुहुन्छः

बेलडाँडीबाट लागुऔषध सहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीबाट प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुरकै भीमदत्त नगरपालिका वडा नम्बर ०२ उल्टाखाम बस्ने राजु चौधरी र भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटा बस्ने अमित चौधरीलाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बुधबार साँझ बेलडाँडी गाउँपालिका वडा न२ क्याम्पबाट पक्राउ गरेको हो ।

शङ्का लागी चेकजाँच गर्दा अमित चौधरीको साथबाट ४ ग्राम ३२० मिलिग्राम लागु औषध खैरो हिरोइन फेला पारी कानुन बमोजिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्कर राज पन्तले जानकारी दिनुभयो । उनीहरू दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button