तपाईँ सुन्दै हुनुहुन्छः

 नलगाडका अवरुद्ध सडक सञ्चालनमा

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको विभिन्न स्थानमा अविरल वर्षाका कारण अवरुद्ध सडक सञ्चालनमा आएका छन् । लामो समयदेखि सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको थियो । 

यसैबीच नलगाड ५ को कालीमाटी खन्टाकुरादेखि बारेकोट गाउँपालिका केन्द्र लिम्सासम्मको सडकमा यातायात सञ्चालन भएको छ । खसेको पहिरो र खोलाले बगाई ल्याएर सडकमा थुप्रिएको ढुंगामाटो हटाएपछि यातायात अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको थियो । उक्त सडक खण्ड मर्मत गरेपछि सडक सञ्चालनमा आएको हो । सडक बन्द हुँदा बिरामी र विद्यालय जाने बालबालिका,स्थानीयलाई पैदल हिँड्नुपर्ने बाध्यता थियो । कालीमाटी कैना सडक, कालीमाटी पिपलचौर खालचौर, थाप्ला नेटीलेख गर्छीना सडक, छेप्का अनापानी सडक, छेप्का डाडागाउँ सडक, दल्ली तल्लुबगर सडक पनि  सञ्चालनमा आएका छन् । 

यसैबीच पालिकाको केन्द्रलगायत जिल्ला बाहिर जाने सडक पनि सञ्चालनमा आएको  छ ।  सडक सञ्चालन भएपछि खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु ढुवानी गर्न सहज भएको छ । 

सडक अवरुद्ध हुँदा नगरवासीले समस्या बेहोर्नु परेको र आइतबारदेखि नगरपालिकाले डोजर लगाएर बाढी, पहिरोले क्षति पु¥याएको सडक मर्मत गरेर सडक सञ्चालन गर्ने काम भएको नलगाड ४ वडा अध्यक्ष बद्री पन्तले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button