तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार २ वैज्ञानिकलाई

काठमाडौँ । यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोभिड १९ खोप निर्माणका लागि प्रविधि विकास गर्ने दुई वैज्ञानिकलाई प्रदान गरिने भएको छ ।

नोबेल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन कारीको र ड्रयु वेसम्यालाई एमआरएनए प्रविधि प्रयोग गरी भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा शास्त्र तर्फको पुरस्कार दिने घोषणा गरेको हो ।

एमआरएनए प्रविधि प्रयोग गरी मोडर्ना, पिफाइजर र वायोएण्डटेक भ्याक्सिन बनाइएको थियो ।

कोभिड महामारी फैलिनुअघि एमआरएनए प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै रहेकोमा महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो ।

अहिले अरू रोग र क्यान्सरको उपचारका लागि सोही एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button