तपाईँ सुन्दै हुनुहुन्छः

रामग्राममा करेन्ट लागेर एक जनाको मृत्यु

नवलपरासी । पश्चिम् नवलपरासीको रामग्राममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नम्बर -७ उजेनी बस्ने बर्ष ३५ का जय प्रकाश यादव रहेको प्रहरीले जनाएको छ ।

आफ्नै घर अगाडिको बिजुलीको पोलमा बलेको बत्ती निभाउने क्रममा अचानक करेन्ट लागेपछि घाइते भएका उनको उपचारको क्रममा पृथ्वी चन्द्र जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button