प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बेइजिङ । औपचारिक भ्रमणका लागि चीन आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार चीनको हाङ्चाओ सहरमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीनको उक्त सहर आउनुभएको हो । हाङ्चाओमा एसियाली खेलकुद आयोजना भइरहेको छ ।

प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासन मन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानलेले स्वागत गर्नुभएको थियो । आजै प्रधानमन्त्री दाहाल तथा नेपाली प्रतिनिधि मण्डलको सम्मानमा चिनियाँ राष्ट्रपति सीले दिवा भोजको पनि आयोजना गर्नुभयो ।

सो सहरमा चीन र नेपालको टोलीबिच प्रतिनिधिमण्डल स्तरको छलफल पनि भएको छ । एक हप्ता चीनमा रहनुहुने प्रधानमन्त्री दाहाल हाङ्चाओबाट बेइजिङ आउने र चिनियाँ प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।









प्रतिक्रिया राख्नुहोस्