शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसंगको वार्तालाई सकेसम्म आजै टुङगोमा पुर्याउन सरकारी वार्ताटोली लाई आवश्यक सुझाव तथा निर्देशन दिनुभएको छ ।
रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा , मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरूसँग कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले छलफल गर्नु भएको हो ।
शिक्षकका जायज मागहरू संवोधन हुनेगरि वार्तालाई सकेसम्म आजै निष्कर्षमा पु¥याउने गरि काम गर्ने विषयमा छलफल भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्