वडाध्यक्षद्वारा २ करोड पर्ने जग्गा दान
बारा । बाराको महागढीमाई नगरपालिका–७ का अध्यक्षले करिब २ करोड मूल्य पर्ने दुई कठ्ठा तीन धुर जग्गा दान गर्नुभएको छ ।

वडा नम्बर ७ का अध्यक्ष शिवेन्द्र प्रताप सिंहले आफ्नो बुवा गिरजा सिंहको स्मृतिमा उक्त जग्गा दान गर्नुभएको हो ।
उहाँले अस्थायी प्रहरी चौकी तेलकुवाको भवन निर्माणका लागि १ कठ्ठा, वडा नम्बर ७ को कार्यालयका लागि १ कठ्ठा र तेलकुवामा दलित समुदाय मुसहर जातिका लागि धर्मशाला निर्माणका लागि ३ धुर जग्गा प्रदान गर्नुभएको हो ।
नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, वडा कार्यालयबाट सहज र सुलभ रूपमा छिटो छरितो रूपमा सेवा प्रवाह गर्नका लागि र विपन्न वर्गको पहुँचका हेतुले धर्मशाला निर्माणमा आफूले जग्गा दान गरेको वडाध्यक्ष सिंहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्