तपाईँ सुन्दै हुनुहुन्छः

गमगाड खोलामा बाढीले बगाएका दुईवटा  झोलुङ्गे पुल अझैँ बनेनन् 

मुगु । गत वर्ष असोज महिनाको दोस्रो साता हप्ता दिन परेको अविरल वर्षाले गमगाड खोलामा आएको बाढीले बगाएको  २ ओटा झोलुङ्गे पुल हाल सम्म पनि नबन्दा स्थानीय जनताहरू वैकल्पिक बाटो बाट यात्रा गर्न बाध्य भएका छन् ।

मुगु जिल्लाको गमगढी बजार बाट करिब आधा घण्टाको पैदल दुरीमा पुगिने चाट्टे बगर र बिरा चौरमा करिब डेढ दशक अघि जिल्ला बिकास समितिको आर्थिक सहयोगमा बनेको फलामे झोलुङ्गे पुल गत बर्ष असोज महिनाको दोस्रो सातामा हप्ता दिन परेको अविरल वर्षाको कारण बाढीले बगाएको थियो । उक्त स्थानमा हाल सम्म पुल नबन्दा स्थानीय बासिन्दाहरूले वैकल्पिक बाटो बाट यात्रा गर्दा सास्ती खेप्नु परेको छ ।

विशेष गरी  पुल बगाएपछि एक वर्षको समयदेखि मुगुको सदरमुकाम गमगढी बजारमा माल सामान खरिद तथा जिल्ला अस्पताल ठिनिमा औषधि उपचारको लागि आउने तलिलेख, घट्टललेख, लुहार पोल्ना, गाँडापानी, झाकोट चौठेधाराका जनता र गाई बस्तु चराउनका साथै बनपाखा दाउरा, घाँस लगायत विभिन्न कामको शिलशिलामा बनतिर जाने भामवाडा, छतेलवाडा, ढुम, चैन गाउँका जनताहरूले  सास्ती खेप्नु परेको हो । गमगाड खोलामा वर्षाको समयमा खोलामा पानीको सतह बढ्ने भएकाले गाई बस्तु र पशुचौपाय लाई समेत बन पाखा चराउन समेत वैकल्पिक लामो बाटो भएर जानु पर्ने बाध्यता रहेको स्थानीय जनताहरूले बताएका छन् । 

गमगाड खोलाले क्षति ग्रस्त बनाएको फलामे झोलुङ्गे पुल यथाशीघ्र मर्मत गरी  पुल जोड्नु पर्ने स्थानीय जनताले माग गरेका छन् । पुल बगाएको एक बर्ष बितिसक्दापनि पुल बनाउने तर्फ कसैले पनि चासो नदिएको स्थानीय बासिन्दाको गुनासो रहेको छ । गमगाड खोलामा पुल नभएपछि सानो काठको लाप्काको भरले स्थानीय जनताहरू वारपार गरिरहेका छन् । श्रीनगर गाउँका स्थायी बासिन्दा एक राज मल्ल   हरेक बिहान गाई लगाउन बनतिर जानुहुन्छ तर पुल नहुँदा कामेर लाप्को तर्ने गर्छु । मलाई सारै डर लाग्छ कतिखेर पानीमा खसिने हो उनले दुख सुनाए । 

हिउँदमा खोला सानो हुनाले सजिलै तर्न सकिने हुन्छ तर साउन, भदौ महिनामा खोलामा पानीको सतह बढ्ने गरेकाले सारै असजिलो हुन्छ उनले भने । उमेरले साठी बर्ष कटेका श्रीनगरकै अर्का स्थानीय दलजित नेपालीको पीडा पनि एकराज मल्ल जस्तै छ उहाँ भन्नु हुन्छ बुढेसकाल लागेर होला पहिले उमेर हुन्जेल केही डर लाग्दैन थ्यो तर आजकल खोला तर्ने बेला रिँगटा लाग्छ, एक पाइला समेत अगाडी बढाउन सकिँदैन । के गर्ने छिटो पुल बन्दियाले सजिलो हुँदो हो उनले भने । 

मुन्दुदेखि मुगु कर्णाली सम्म जोडिएको गमगाड खोलाका विभिन्न ठाउँमा लगाइएका करिब एक दर्जन भन्दा बढी काठे पुल, दर्जनौँ घट्ट स्थानीय बासिन्दाको पाकेको बाली सहितको खेत र जग्गा र घरहरू गत वर्षको असोज महिनाको दोस्रो सातामा परेको अविरल बर्षाले गर्दा आएको बाढीले बगाए र लगेको थियो । हाल सम्म पनि बगाएका स्थानहरूका काठे पुलहरू नबन्दा स्थानीय बासिन्दाहरूले दैनिक कामकाज गर्दा सास्ती खेप्नु परेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button