मैले पार्टीको उपाध्यक्ष मात्र होइन, सुख दुःखको साथी गुमाएँ : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्नो लागि पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी रहेको भन्दै स्मरण गर्नुभएको छ ।
नेम्वाङको निधनको खबर लगत्तै अस्पताल पुग्नुभएका अध्यक्ष ओलीले मंगलवार बिहान श्रद्धाञ्जली वक्तव्य गर्नुहुँदै लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिइरहने बताउनुभएको छ ।
अध्यक्ष ओलीले मृदुभाषी र शालीन साथी सुवास नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्