राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयाेर्कमा हुने आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
सो अवसरमा उहाँहरुबीच मुलुकका अरू समसामयिक विषयमा पनि विचारविमर्श भएको जनाइएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्