तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमाथिको सुनुवाई पूर्ण इजलासमा हुने

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदनको सुनुवाई पूर्ण इजलासबाट गर्ने भएको छ । 

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिट निवेदनको सुनवाई पूर्ण इजलासमा गर्न आदेश दिएको हो । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिट निवेदनको सुनुवाई पूर्ण इजलासमा पठाउने आदेश भएको जानकारी दिनुभयो । 

यो आदेशसँगै कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिट निवेदन अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा सुनुवाइ हुनेछ । 

मुख्यमन्त्री थापाविरुद्धको रिट निवेदन भोलिदेखि पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । 

इजलासबाटै सुनुवाईका लागि मिति तोकिएर आजको संयुक्त इजलासमा सुनुवाई गर्न सर्वोच्चले पहिलो प्राथमिकतामा राखेको थियो ।

यसअघि शुक्रबार सुनुवाइका लागि पेशी तोकिए पनि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा ‘हेर्न नमिल्ने’ भएपछि सुनुवाई हुन सकेको थिएन । 

मुख्यमन्त्री थापाले प्रदेशसभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्यको समेत विश्वासको मत लिएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मतबहादुर कार्की त्यसविरुद्ध सर्वोच्चमा रिट लिएर जानुभएको थियो । 

रिट निवेदनको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले भदौ ७ गते कारण देखाऊ आदेश जारी गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button