तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को सम्मान

दोलखा । विश्व हिन्दु महासङ्घले संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को सम्मान दिएको छ ।

दोलखाको तामाकोशी किनारमा अवस्थित चर्नावती धाममा जेठ पाँच गतेबाट १५ दिनसम्म सञ्चालन भएको देवी माहात्म्य नवाह महायज्ञको अवसरमा संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को सम्मान दिइएको थियो ।

चर्नावती धाममा सञ्चालन भएको देवी माहात्म्य नवाह महायज्ञको अवसरमा प्रदान गरेको नेपाल ऋषि सम्मानलाई अनुमोदन गर्दै विश्व हिन्दु महासङ्घले संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’ घोषणा गरेको हो ।

विश्व हिन्दु महासङ्घले काठमाडौँमा आयोजना गरेको सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको लागि विश्व हिन्दु महासङ्घको भूमिका र चुनौती विषयक प्रवचन कार्यक्रमको अवसरमा संस्कृतविद् डा. गुरुङलाई उक्त सम्मान दिइएको हो ।

विश्व हिन्दु महासङ्घका अध्यक्ष अस्मिता भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सङ्घीय सांसद पशुपति शम्सेर राणा, संस्कृतविद् डा. जगमान गुरुङ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, समाजसेवी शोभित उप्रेती, दिब्यध्वज कार्की लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button