तपाईँ सुन्दै हुनुहुन्छः

जनताको हितमा हुने गरि एमसिसी संसदबाट पारित हुन्छः मन्त्री अर्याल

धनगढी । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले देश र जनताको हितमा हुने गरि एमसिसी संसदबाट पारित हुने बताउनु भएको छ ।

प्रेस संगठन कैलालीद्धारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले एमसिसी बारेमा अतिरन्जित ढङ्गले प्रचार गरिएको बताउनुभयो ।

मन्त्री अर्यालले शक्तिशाली आयोग गठन मार्फत भूमि ब्यवस्थापन एवं सुकुम्वासी, अब्यवस्थित बसोवास, भूमिहिनको समस्या समाधान गरिने बताउनु भयो ।

उहाले मुक्त हलिया परिवारको पूर्नस्थापन कार्य यसैबर्ष भित्र भइसक्ने गरि स्थानीय तहलाई बित्तिय हस्तान्तरण गर्न लागिएको बताउनु भयो ।

मन्त्री अर्यालले भू–उपयोग नीति मार्फत जमिनलाई ९ प्रकारमा बर्गिकरण गर्न लागिएको उल्लेख गर्दै भूमी बैक स्थापन गर्ने सरकारी तयारी रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button