‘थाहा भयो’ गीत सार्वजनिक
काठमाडौँ । डा. विनोद ढकालको शब्द रचना रहेको ‘थाहा भयो’ बोलको गीत सार्वजनिक भएको छ ।
डा. इलाज प्रसाईँको स्वर तथा सङ्गीत रहेको गीत ‘डी विनोद’ युट्युब च्यानलबाट सार्वजनिक गरिए हो ।

डा ढकालका हालसम्म ५० भन्दा बढी कविता र कथा प्रकाशित भइसकेका छन् भने चाँडै नै उपन्यास आउँदै छ। प्याथोलोजी विषयका असिस्टेन्ट प्रोफेसर डा ढकाल रक्त तथा क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ ।
प्रेमभाव व्यक्त गर्ने त्यस गीतलाई बालकृष्ण सेवाचार्यले एरेन्ज गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्