लुम्बिनीमा बन्यो समाजवादी मोर्चाको कमिटी
रुपन्देही । समाजवादी मोर्चाको लुम्बिनी प्रदेश समन्वय कमिटी घोषणा भएको छ ।
मङ्गलवार बुटवलमा सन्देश सभा गर्दै मोर्चाले कमिटी घोषणा गरेको हो । नेकपा माओवादीका केन्द्रीय नेता वसन्त सी को नेतृत्वमा घोषणा भएको कमिटीमा मोर्चामा आबद्ध चार दलका १२ जना सदस्य रहनुभएको छ।
मोर्चामा सबै दलका प्रदेश अध्यक्ष सहभागी हुनुहुन्छ । नेकपा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी, नेकपा एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी, नेकपाबाट वसन्त, नारायण र सम्झना रहनुभएको छ भने जनता समाजवादी पार्टीबाट नवीनकुमार सुनार, अशोक यादव र मनिकर कार्की रहनुभएको छ ।
मोर्चाले १५ बुँदे अवधारण पत्र पनि सार्वजनिक गरेको छ । त्यस्तै मोर्चाले लुम्बिनी प्रदेश, जिल्ला र वडासम्म गर्ने साङ्गठनिक कार्यको विवरणदेखि जिम्मेवारीसम्म तोकेको छ । मोर्चाले जिल्ला तहमा मोर्चामा आबद्ध सबै पार्टीबाट २/२ जना रहेको समिति बनाउने भएको छ । लुम्बिनी प्रदेश समन्वय कमिटीको नेतृत्व प्रत्येक चार महिनामा फेरिने छ ।








प्रतिक्रिया राख्नुहोस्