अनियमितता र भ्रष्टाचार विरुद्ध उजुरी दिने क्रम बढ्दो
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका विभिन्न सार्वजनिक निकायमा हुने गरेको अनियमितता र भ्रष्टाचार विरुद्ध उजुरी दिने क्रम बढेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय महेन्द्रनगरमा मात्रै चालु आर्थिक वर्षको हालसम्म दुई सय वटा उजुरी दर्ता भएका छन् ।
सार्वजनिक निकायमा हुने गरेको अनियमितता र भ्रष्टाचार विरुद्ध साउन महिनामा मात्रै १ सय ७३ उजुरी दर्ता भएका थिए भने यो भदौ महिनाको पहिलो साता मात्रै २७ वटा उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय महेन्द्रनगरले जनाएको छ ।
अधिकांश उजुरी भने स्थानीय तहसँग सम्बन्धित छन् । उजुरीकर्ताहरूले लिखित पत्राचारका साथै इमेल, भाइबर तथा टेलिफोन लगायतको माध्यमबाट पनि आफ्नो उजुरी दर्ता गराउने गरेको र त्यस्ता उजुरी माथि आवश्यक अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्