नेपालगन्जमा डुबानमा फसेका चार परिवारका १२ जनाको उद्धार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा डुबानमा फसेका ४ परिवारको उद्धार गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० गायत्री नगरको सुकुम्वासी टोलका ४ परिवारका १२ जनालाई उद्धार गरिएको आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

एक सातादेखि परेको अविरल वर्षाका कारण डुबान हुँदा आफ्नै घरमा फसेकालाई सशस्त्र प्रहरी बलले सकुशल सुरक्षित स्थानमा सारेको हो । अविरल वर्षाले नेपालगन्ज उपमहानगरपालिकाका केही स्थान जलमग्न भएका छन् ।
निरन्तर परिरहेको वर्षाले नेपालगन्ज उपमहानगरपालिकाको डिएसपीरोड, न्युरोड, सेतु विक चोक, बेलासपुर, घरबारीटोल लगायतका ठाउँ जलमग्न भएको छ ।

ठाउँ ठाउँमा पानी जमेपछि पैदल यात्रीलाई आवतजावतमा समस्या भएको छ ।








प्रतिक्रिया राख्नुहोस्