तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा देशका विभिन्न भागमा बाढी पहिरोले पुर्‍याएको क्षति, सडक अवरुद्ध हुँदा यात्रुले खेप्नु परेको पीडा, लम्पी स्कीन रोगको नियन्त्रण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सासंसदहरुले शिक्षाको विकास गर्नुपर्ने भन्दै प्रतिस्पर्धी शिक्षाको अभावमा लाखौँ विद्यार्थी बिदेसिनु परेकाले त्यो रोक्ने गरी शिक्षा ऐन आउनुपर्नेमा जोड दिनुभयो । 

देशका विभिन्न भागमा बाढी पहिरोका कारण समस्या बढिरहेको, बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा नागरिक घर जान नसक्ने अवस्था सिर्जना भएको, शिक्षा, निजामती जस्ता ऐन समयमा नआउँदा समस्या उत्पन्न  भइरहेको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

सांसदहरूले लम्पी स्कीन रोगका कारण किसान मारमा परिरहेको अवस्थामा पशु कार्यालयमा बजेट अभाव हुँदा त्यसको न्यूनीकरण हुन नसकेको भन्दै समस्या थप नबढ्ने गरी समयमा नै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरूले बजारमा महँगी बढ्दा आम सर्वसाधारण मारमा परिरहेको भन्दै प्रभावकारी अनुगमनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरूले संसद् विकास कोषको विषयमा अदालतबाट आएको निर्णय सांसदहरूको अधिकार मिच्ने गरी आएको भन्दै त्यो गलत भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button