तपाईँ सुन्दै हुनुहुन्छः

काठेपुल भत्किएर बेपत्ता भएका ल्वार मृत भेटिए

बाजुरा ।बाजुराको बुढीनन्द नगरपालिका वडा नम्बर ३ स्थित घोडाकोट खोलाको काठे पुल भत्किदा खसेर बेपत्ता भएका स्थानीय गंङ्ग ल्वार मृत भेटिएका छन्। बुढिनन्दा ३ बस्ने लली ल्वारका २६ बर्षिया छोरा गङ्ग ल्वारको शव फेला परेको इलाका प्रहरी कार्यालय कोल्टिले जनाएको छ ।

बुधवार दिउसो १ बजे तिर लेक बाट भैँसी लिएर घर फर्किने क्रममा घोडाकोट खोला तर्ने क्रममा पुल भत्किदा बगेर बेपत्ता भएका ल्वारको शव आज बिहान वडा ३ कै सिलाजु पुल नजिक भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख कविन्द्र बोहोराले बताउनु भयो।

लेक बाट भैँसी ल्याएर घर फर्किने क्रममा पुल भत्किदा ल्वार सँगै भैँसीको पाडो पनि बेपत्ता भएको भएको थियो। बेपत्ता पाडो भने गम्भीर चोट लागेको अवस्थामा फेला परेको छ।

हिजो ल्वारको खोजी कार्य गर्न इलाका प्रहरी कार्यालय कोल्टी बाट प्रहरी सहायक निरीक्षक दुर्गासिंह धामीको नेतृत्वमा खटिएको टोली सँगै स्थानीयले खोजी कार्य गरे पनि हिजो भेटाउन नसकेका ल्वारको शव आज मात्र फेला परेको हो ।

बाजुरामा यो वर्षको मनसुन सरु भए यता मात्रै खोलाले बगाएर ल्वार लगायतका तिन जनाको मृत्यु भइसकेको र एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button