तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको आक्रमणबाट घाइते

काठमाडौँ।काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् ।

चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार तमाङले सञ्चालन गरेको कुखुरा फार्ममा चितुवा पसेर उहाँलाई आक्रमण गरेको हो ।

घाइते तामाङको उपचार भइरहेको छ । यसैगरी आक्रमण गर्ने चितुवासमेत घाइते भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button