तपाईँ सुन्दै हुनुहुन्छः

भाषिक क्षेत्रका स्रष्टालाई अभिनन्दन

काठमाडौँ । नेपालको लोक सङ्गीतलाई जगेर्ना गर्ने उद्देश्यले विभिन्न भाषा भाषिक क्षेत्रका स्रष्टालाई अभिनन्दन गरिएको छ ।

कार्यक्रम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीको सभापतित्वमा बृहत् सांस्कृतिक र स्रष्टा अभिनन्दन कार्यक्रम सम्पन्न भएको  हो । पूर्वप्रधानमन्त्री ओलीले दमाहा (डाईनो) बजाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वप्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, साहित्यकार आर.डि. प्रभाष चटौत, रामानन्द आचार्य, गायक नन्दकृष्ण जोशी, कलाकार मिथिला शर्मा, यज्ञराज उपाध्याय, डिग्रा देवी बादी, र संगीता रोकाय लगायतलाई अभिनन्दन गर्नुभएको थियो । 

कार्यक्रममा एमाले अध्यक्ष ओलीले सामाजिक क्षेत्रको विकासका लागि दलगत राजनीतिक भन्दा माथि उठेर हातेमाले गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । त्यस्तै अन्य वक्ताहरूले भौगोलिक क्षेत्रले पछि परेता पनि भाषा सांस्कृतिक, लोक संस्कृतिक र साहित्यमा अगाडि रहेको सुदूरपश्चिम कर्णाली भाषा संस्कृतिको जननी भएको धारणा राखेका थिए । 

कार्यक्रममा सांस्कृतिक समाज नेपालका अध्यक्ष अवस्थीले विभिन्न क्षेत्रमा रहेर भाषा साहित्य, लोक गायन क्षेत्रबाट सुदूरपश्चिमको चिनारीका लागि ठूलो योगदान गर्ने विशिष्ट व्यक्तित्वहरूलाई अभिनन्दन हुँदा सुदूरपश्चिमको मात्र नभएर नेपालकै चिनारीका लागि महत्वपूर्ण विषय भएकोले विश्वले नजिकबाट चिन्ने मौका पाएको बताउनुभयो । 

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष ओली सहित परराष्ट्र मन्त्री एनपी साउँद, एमाले नेता भीम रावल, लेखराज भट्टलगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button