नेकपा एसको बैठक भोली बिहान ११ बजे सम्मका लागि स्थगित
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको सुशासन र विकासको माग सम्बोधन गर्न जिम्मेवार भएर लाग्न पार्टी पदाधिकारीहरूलाई आह्वान गर्नुभएको छ ।

नेकपा एसको आजदेखि काठमाडौँमा सुरु भएको पोलिटब्युरो बैठकमा पूर्व प्रधानमन्त्री नेपालले आफ्नो पार्टी सबै प्रकारका भ्रष्टाचारको विरुद्धमा रहेको र भ्रष्टाचारीहरूलाई कारबाही गर्न सरकारले चालेका कदमको समर्थन गर्ने बताउनुभएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।
बैठकमा पार्टीको केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्ने, पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामर्थ्य विस्तारका लगायतका विषयमा छलफल भएको प्रवक्ता खतिवडाले बताउनुभयो ।
प्रवक्ता खतिवडाले आजको बैठकमा २६ जना पोलिटब्युरो सदस्यले आ–आफ्ना भनाई राख्नुभएको र बैठक भोली बिहान ११ बजे सम्मका लागि स्थगित भएको पनि जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्