‘खेलकुद क्षेत्रको विकास लागि प्रदेश सरकार कटिबद्ध’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले क्रिकेटसहित समग्र खेलकुद क्षेत्रको विकास लागि प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।
धनगढीमा आज सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको दोस्रो साधारण सभाको उद्घाटन गर्दै उहाँले नेपाली क्रिकेटको विकास र क्रिकेटर खेलाडी उत्पादनमा सुदूरपश्चिमको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले धनगढीको फाप्ला क्रिकेट मैदान निर्माणको लागि डीपीआर सहितको प्रक्रिया अघि बढेको बताउनुभयो ।
यस्तै नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सुदूरपश्चिम क्रिकेट क्षेत्रको विकासका लागि उर्वर भूमि भएको बताउनुभयो । उहाँले क्रिकेट क्षेत्रमा प्रदेश सरकारले लगानी गर्नु पर्नेमा जोड दिनुभयो ।
साधारण सभामा ८ जिल्ला सहभागी रहेको सङ्घका प्रदेश अध्यक्ष हरि रेग्मीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्