तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार आचार्यको निधन

काठमाडौँ । पत्रकार, लेखक एवम् पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ । 

उहाँको ८६ वर्षको उमेरमा गए राति काठमाडौँमा निधन भएको हो । 

पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित हुनुहुन्थ्यो । विसं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिनुभएका आचार्यले लामो समय पत्रकारिता गर्नुभएको थियो ।

उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिनुभयो । उहाँका श्रीमती, तीन छोरा र दुई छोरी हुनुहुन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button