तपाईँ सुन्दै हुनुहुन्छः

देशभर डेंगीबाट १४ हजार २ सय संक्रमित

सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित

काठमाडौँ । देशभर अहिलेसम्म डेंगीबाट १४ हजार २ सय जना संक्रमित भएका छन् ।

कोशी प्रदेशको सुनसरी जिल्लामा मात्रै ९ हजार संक्रमित रहको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले जानकारी दिनुभयो ।

डा.मरासिनीले डेंगी संक्रमण वर्षा यामसँगै सुरु भएर दशैँ तिहारसम्म रहन सक्ने भएकाले सतर्क रहन अनुरोध गर्नुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.मरासिनीले विभिन्न रोगबाट पीडित १० जनाको डेंगी सङ्क्रमणका कारण मृत्यु भएको जानकारी दिनुभयो ।

डेंगीबाट सबैभन्दा बढी संक्रमित सुनसरी, धादिङ र मोरङ जिल्ला रहेका छन् भने अहिलेसम्म डोल्पा र मुगु जिल्लामा संक्रमण शुन्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button